एतिहासिक श्री रुद्रायणी देवी १२ वर्ष मेलाको नाच पचली हुदै हनुमानढोकामा प्रदर्शनीका लागि बैठक बसियो
एतिहासिक नेवा: नगरी ,यस खोकनामा प्राचीन काल देखि परम्परागत रुपमा मनाईदै आईरहेको एतिहासिक श्री रुद्रायणी देवी १२ वर्ष मेला यस वर्ष चलिरहेको छ ,। १२ वर्षको एक पटकका लागि यहि आउदो चैत २२ गते (चिलगा थ्व दशमी)का दिन परापुर्वकाल देखि श्री रुद्रायणी नाच पचली हुदै हनुमानढोकामा प्रदर्शनीका लागि प्रस्थान गरिने भएको छ । श्री रुद्रायणी देवी २०८१ जेष्ठ महिना सम्म त्यहीँ रह्ने र येँ महानगरपालिकामा हुने देवी नाच व्यवस्थापनका लागि समन्वय भइरहेको सम्पुर्णमा जानकारी गराउदछौं । उक्त व्यवस्थापनका आवश्यक पारम्पारिक पुजा,स्वागतम ,बन्दोबस्त तथा श्री रुद्रायणी गण विराजमान हुने पारम्परिक रुट पहिचानका लागि सम्बन्धित पालिका एवं वडा प्रतिनिधि , संघ संस्था , मंका खल:,पुच बिच प्रारम्भिक चरणको बैठक बसियो ।
श्री रुद्रायणी गूठी परिवार